एजेन्सी । थाइल्याण्डमा आयोजना हुने एसियन पुरुष क्लब भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण च्याम्पियनसिप स्थगित गरिएको एसियन भलिबल महासंघले जनाएको छ ।
च्याम्पियनसिप थाइल्याण्डको नाखोन रत्चासिमामा अप्रिल १८ देखि २५ सम्म हुने तय थियो । तर, कोरोनाको संक्रमणलाई मध्ये नजर गर्दै आगामी अगस्टसम्मको लागि स्थगित गरिएको हो ।
प्रतियोगिता अब अगस्ट १० देखि १७ सम्म हुनेछ ।