काठमाडौं । विभागीय टिम एपीएफ क्लब छैंठौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
नेपालगञ्जको कर्भहलमा मंगलबार भएको पहिलो सेमिफाइनलको होङ्ग्वान्जी न्यु डाईमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
उपाधि नजिक पुग्ने क्रममा एपीएफले न्यु डाईमण्डलाई २६–२४, २५–१७ र २५–१८ को सेटमा पराजित गर्यो ।
अब एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
न्यु डाईमण्डले भने तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा पराजित हुने टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी, बिभिन्न विधागत उत्कृष्ट खेलाडी नगदसहित सम्मानित हुने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।