एथलेटिक्स टोलीको बिदाई
शुक्रबार, भदौ १, २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसिया आयोजना हुने १८ औं एसियन गेम्समा सहभागी हुन जाने नेपाली एथलेटिक्स टोलीलाई काठमाडौं जिल्ला एथलेटिक्स संघले बिदाई गरेको छ । संघले शुक्रबार ६ खेलाडीसहित ८ सदसीय टोलीको बिदाई गरेको हो ।
इन्डोनेसियन एसियन गेम्समा एथलेटिक्सतर्फ नेपालका चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । पुरुषतर्फ याम साजन सुनारले १०० मिटर दौड, गोपीचन्द्र पार्की र कृष्ण बहादुर बस्नेतले म्याराथन तथा सोम बहादुर कुमालले ४०० र ८०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ सरस्वती भट्टराईले ८०० र १५०० मिटर दौड र विश्वरुपा बुढाले ५ हजार र १० हजार मिटरको दौडमा प्रतिस्पर्धा गर्ने छिन् । नेपाली टोलीको प्रशिक्षकमा अमिरी यादव तथा व्यवस्थापकमा शान्ति सिंह रहेका छन् ।
एथलेटिक्स भदौ ९ गते देखि ११ गतेसम्म हुनेछ ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


