काठमाडौं । माल्दिभ्समा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधि पोखरा युथ क्लबले जितेको छ ।
मालेमा शुक्रबार राति भएको फाइनलमा फुलबारी युथ क्लबलाई २–१ को सेटमा पराजित गर्दै पोखराले उपाधि जितेको हो ।
पोखराले पहिलो सेट १२–२५ ले गुमाएपनि त्यसपछिको दुवै सेटमा पोखरा २५–१७ र १५–१३ ले आफ्नो बनाएर उपाधि जितेको हो ।
प्राविधिक कारण खेल ३ सेटमा खेलाईएको थियो ।
प्रतियोगिता महाशिवरात्रीको अवसर पारेर आयोजना पारेर पर्वत युथ क्लबले आयोजना गरेको माल्दिभ्सबाट विकास गुरुङले जानकारी दिए ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।