काठमाडौं । चामुण्डा माबिले दोस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।
गोकर्णेश्वर नगरपालिकामा आयोजना भएको प्रतियोगितामा कुल १ सय ५० अंक जोडेर चामुण्डाले उपाधि जितेको हो ।
यस्तै इस्टपोल माबि ९९ अंकसहित दोस्रो हुँदा गोकर्ण माबि ९६ अंकसहित तेस्रो भएको छ ।
यस प्रतियोगिताको विजेता विद्यालय र खेलाडीले जिल्ला स्तरिय राष्ट्रिय खेलकुदमा भाग लिन पाउने छन् ।
प्रतियोगितामा छात्र तथा छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट्सका खेलहरु समावेश गरिएको थियो ।
भलिबलका खेलहरु बाल सुधार माबी, एथलेटिक्सका खेलहरु ओख्रेनी माबी, मार्सल आर्ट्सका सम्पूर्ण खेलहरु शंखडोल कभर्ड हल र कबड्डीका खेलहरु नेपालय पब्लिक स्कुलमा खेलाईएको थियो ।
प्रतियोगितामा नगरपालिका भित्रका ४१ संस्थागत र सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता खेलाडीहरुलाई संघीय संसद कृष्ण राई, गोकर्णेश्वर नपाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ती नेपाल लगायतले पुरस्कृत गरेका थिए ।