बेनी । न्यु डाईमण्ड स्पोर्ट्स क्लब चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।
पर्वतको बेनीमा शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० सो सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्ड तेस्रो भएको हो ।
न्यु डाईमण्डले आर्मीमाथि २५-२३, २५-२१ र २५-२२ को सेटमा पराजित गर्यो ।
तेस्रो भएसँगै न्यु डाईमण्डले ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको फाइनलमा भने एपीएफ र नेपाल पुलिस क्लबबीच आज प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।