बेनी । चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ ।
पर्वतको बेनीमा शुक्रबार तय भएको एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाको कारण स्थगित भएको हो ।
फाइनल खेलसँगै न्यु डाईमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच तय भएको तेस्रो स्थानको खेल पनि स्थगित भएको आयोजक रेडियो दिदिबहिनीले जनाएको छ ।
अब प्रतियोगिताको फाइनल र तेस्रो स्थानको प्ले अफ खेल शनिबार (भोली) बिहान हुनेछ ।
साविकको विजेता समेत एपीएफ न्यु डाईमण्डलाई हराएर फाइनल पुगेको हो । यस्तै पुलिसले आर्मीको चुनौती पन्छाएर एपीएफसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।