काठमाडौं । सोलुखुम्बुमा जारी तेस्रो मदन स्मृति कप प्रदेश-१ स्तरीय पुरुष भलिबल प्रतियोगितामा सोलुखुम्बु र मोरङले विजयी सुरुवात गरेका छन् ।
सोलुखुम्बु सदरमुकाममा मंगलबार भएको पहिलो खेलमा सोलुखुम्बुले भोजपुरलाई २५-१७ र २५- २० को सोझो सेटमा पराजित गर्यो । मोरङले खोटाङलाई २५- १४, १२-२५ र २५-२० ले पराजित गर्यो ।
यस्तै ओखलढुंगाले तेह्रथुमलाई २५-१८ र २५-२३ मा पराजित गर्यो । अर्को खेलमा ओखलढुंगाले खोटाङलाई २५-१८ र २५-१४ मा पराजित गर्यो । तेह्रथुमले अर्को खेलमा मोरङलाई १९-२५, २५-२१ र २५-१५ ले हरायो ।
झापाले धनकुटालाई २५-२० र २६-२४ को सेटमा पराजित गर्दा पाँचथर सुनसरीसँग २५-१९ र २५-२२ ले पराजित भयो ।
यसैगरी धनकुटाले इलामलाई २१-२५, २५-१९ र २५-१७ मा पराजित गर्यो ।
फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।