बेनी । चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारबाट पर्वतको बेनीमा सुरु हुने भएको छ ।
आयोजक रेडियो दिदिबिहिनीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबारबाट सुरु हुने जनाएको हो ।
प्रतियोगितामा साबिक बिजेता एपीएफ, त्रिभुवन आर्मी, न्यु डाईमण्ड, नेपाल पुलिस क्लब र आयोजक टिमको सहभागिता रहनेछ । पाँच टिम सहभागी प्रतियोगिता लिग नकआउटका आधारमा हुनेछ ।
उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने छन् ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै रेडियोका अध्यक्ष कल्पना चापागाईले प्रतियोगिताको अनुमानित बजेट १५ लाख रहेको बताईन् ।