काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मान बहादुर श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
त्रिभुवन आर्मी क्लबका स्पाइकर समेत रहेका मान बहादुर शनिबार गृहजिल्ला नवलपरासीमा सम्मानित भएका हुन् ।
मान बहादुरलाई कावासोती नगरपालिकाले १० हजार १ सय २५ रुपैयाले सम्मान गरेको हो ।
मान बहादुरले भलिबल खेलको माध्यमबाट आफ्नो क्षेत्रलाई चिनाउन सफल भएको र आगामी यात्रामा हौशला प्रदान गर्न सम्मान गरिएको जनाईएको छ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणको लागि काठमाडौंमा रहेका कारण मान बहादुरको पुरस्कार भने आफन्तले थापेका थिए ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मान बहादुरले बिच भलिबल टिमबाट खेलेका थिए ।