काठमाडौं । गीताञ्जली र ग्रिनफिल्डले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलमा शनिबार च्याम्पियन बनेका छन् ।
गीताञ्जली ब्वाइज तथा ग्रिनफिल्ड गर्ल्समा पहिलो भए ।
बसुन्धरास्थित ऋत एकेडेमीमा भएको ब्वाइज फाइनलमा गीताञ्जलीले जुबिलियन्टलाई २५–१०, २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गर्यो।
गर्ल्सको उपाधि भिडन्तमा ग्रिनफिल्डले ऋतलाई २५–७, २५–४ र २५–८ को सीधा सेटमा हरायो । विजेतालाई आयोजक काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी, सह–सचिव आनन्दकुमार यादवलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
ब्वाइजमा १८ र गल्र्समा ५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
बास्केटबलको ब्वाइजमा सीसीआरसी फाइनलमा प्रवेश गरेको छ ।
सीसीआरसीले आइन्सटाइनलाई ५१–३१ ले पराजित गर्यो । सीसीआरसीको जितमा रोशन श्रेष्ठले १६ अंक योगदान गरे । ब्वाइजमै आदर्श बस्नेतको ९ अंक सहयोगमा जेभियर इन्टरनेसनल कलेजले टाइम्सलाई ३८–३६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । सेमिफाइनलमा जेभियरले साइपाल विरुद्ध खेल्ने छ ।
गर्ल्समा मोर्गनले ऋतलाई २६–६ ले सहजै पाखा लगाउदै साइपालसंग फाइनल भेट पक्का गर्यो । मोर्गनकी प्रजिता कार्कीले ८ अंक जोडिन् ।