काठमाडौं । विनायक शिक्षालय (केभीएस) र न्यु स्टार पोल पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भएको सेमिफाइनलमा केभीएसले गोल्डेन बडलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
गोल्डेन बडका पर्वत मगर ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को सेमिफाइनलमा न्यु स्टार पोलले हाइली क्रिएटिभलाई १–० गोलले हरायो । मुस्कान तामाङले निर्णायक गोल गरे । हाइलीका देवचन्द्र पाठक ‘म्यान अफ द म्याच’ बने ।
विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।