काठमाडौं । १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी विभागीय टिम त्रिभुवन आर्मी क्लबकी सोफिया पुन घोषित भएकी छिन् ।
राजधानीमा बुधबार सम्पन्न प्रतियोगितामा आर्मीलाई उपविजेता बनाउन सफल सोफिया सर्वोकृष्ट घोषित भएकी हुन् । सर्वोकृष्ट घोषित भएसँगै सोफियाले यु एम स्कुटर प्राप्त गरेकी छिन् ।
न्यु डाईमण्ड स्पोर्ट्स क्लबकी सलिना श्रेष्ठले प्लेयर अफ दि इयर अवार्ड जितिन् । उनले पनि यु एम स्कुटर प्राप्त गरेकी छिन् ।
यस्तै नेपाल पुलिस क्लबकी उषा भण्डारी उदयमान खेलाडी र एपीएफकी बिनिता बुढाथोकीले ग्रेट एचिभमेन्ट अवार्ड प्राप्त गरिन् । उषा र बिनिता दुवैले यु एम स्कुटर प्राप्त गरे ।
प्रतियोगिताका भाग्यशाली दर्शक अनिल बुढाथोकीले एक थान बाइक प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ एपीएफकि सरस्वती चौधरी उत्कृष्ट स्पाइकर र एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । न्यु डाईमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ठ सर्भर र पुलिसकै शान्ति कला तामाङ उत्कृष्ट डिफेन्डर चुनिए ।
विधागततर्फ उत्कृष्ट हुनेले जनही ७/७ हजार प्राप्त गरे ।
प्रतियोगिताको उपाधि भने एपीएफले जितेको छ । यस्तै पुलिसले दोस्रो स्थान हासिल गर्दा आर्मीले तेस्रो स्थान हासिल गरेको छ ।