काठमाडौं । नेपालयले दोस्रो संस्करणको लिबर्टी कप सेभेन 'ए' साइड फुटबलमा दोहोरो उपाधि जितेको छ ।
गोकर्णेश्वरस्थित अत्तरखेल मैदानमा मंगलबार नेपालयले छात्र र छात्रा दुवैतर्फको उपाधि जितेको हो ।
छात्रको फाइनलमा नेपालयले भेनस पब्लिकलाई २-१ ले पराजित गर्यो । नेपालयको जितमा सरोज कार्कीले दुई गोल गरे । भेनसका आयुस मगरले एक गोल फर्काए ।
छात्रमा लिबर्टीलाई ५-१ ले हराएर जीवन तारा तेस्रो भयो ।
छात्राको फाइनलमा नेपालयले गोकर्ण लाइटलाई १-० गोल अन्तरले पराजित गर्यो । नेपालयको जितमा अलिशा तामाङले निर्णायक गोल गरिन् ।
छात्रातर्फ जीवन तारालाई टाइब्रेकरमा हराएर लिबर्टी तेस्रो भयो ।
प्रतियोगिताको छात्रा र छात्रको विजेताले २० हजार, दोस्रोले १० र तेस्रोले ५ हजार प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्रमा नेपालयका मनिष मगर र छात्रामा नेपालयकै अलिशा तामाङ चुनिए । यस्तै फेयर प्ले अवार्ड छात्रमा सहयोगी र छात्रामा छहारीले प्राप्त गर्यो ।
प्रतियोगितामा ३५ वटा निजि तथा सामुदायिक विद्यालयले प्रतिपर्धा गरेका थिए ।