काठमाडौं । आयोजक इनोभेटिभको ब्वाइज र गल्र्स दुवै टिम नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
ब्वाइजको पहिलो सेमिफाइनलमा इनोभेटिभले पुष्प सदनलाई ६०–५१ ले पराजित गर्दै ज्ञान निकेतनसंग फाइनल भेट गर्यो । इनोभेटिभका रेनिश खड्काले २० अंक जोडे । अर्को सेमिफाइनलमा ज्ञान निकेतनले नेरिकलाई ७०–५९ ले हरायो । ज्ञान निकेतनका विवेक यादवले २० स्कोर गरे ।
गल्र्समा इनोभेटिभले एसियन पब्लिकको चुनौती ३८–११ ले समाप्त पार्यो । इनोभेटिभकी स्वच्छता थापाले ११ अंक जोडिन् । उपाधिका लागि इनोभेटिभले स्वप्न वाटिकाविरुद्ध प्रतिस्पर्धा गर्ने छ । स्वप्न वाटिकाले नेरिकलाई २४–११ ले पाखा लगायो । स्वप्न वाटिकाकी अनिता कार्कीले ९ अंक जोडिन् । फाइनल मंगलबार हुनेछ ।