काठमाडौं । पाँचौं संस्करणको हिसान उपत्यकाब्यापी खेलकुद सप्ताह बुधबारबाट सुरु हुने भएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै खेलकुद सप्ताह माघ २९ गतेबाट हुने जानकारी गराएको हो ।
खेलकुद सप्ताहमा बास्केटबल, फुटसल,भलिबल, टेबल टेनिस, डोरी तान, कविता/वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता हुनेछ । सबै स्पर्धामा छात्र र छात्राको सहभागिता रहनेछ ।
खेलकुद सप्ताहमा उपत्यका भित्रका निजि मा.वि र कलेजहरुबाट एक हजार बढी विद्यार्थीले सहभागिता जनाउने छन् ।
खेलकुद सप्ताह अन्तर्गत माघ २९ गतेबाट भलिबल र बास्केटबल सुरु हुनेछ । दुवैको स्पर्धा ऋत एकेडेमी बसुन्धरामा हुनेछ ।
फागुन १ गतेबाट टेबलटेनिस प्रिमियर कलेजमा सुरु हुनेछ । फागुन २ गतेबाट मनकामना फुटसल गोकर्णेश्वर मकलबारीमा फुटसल सुरु हुनेछ ।
त्यस्तै फागुन २ गतेबाट डोरी तान र हाजिरीजवाफ र कविता/वक्तृत्वकला प्रतियोगिता फागुन १ गतेबाट सुरु हुनेछ ।
खेलकुद सप्ताहको उद्घाटन हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिब रमेश सिलवालले गर्ने छन् ।
खेलकुद सप्ताहका लागि करिब १० लाख खर्च हुने आयोजकले जनाएको छ ।