शनिबार, १३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तराष्ट्रिय भलिबलबाट कोपिलाको सन्यास

आइतबार, २६ माघ २०७६गिता राई
अन्तराष्ट्रिय भलिबलबाट कोपिलाको सन्यास

नेपाल भलिबल संघको सम्मान ग्रहण गर्दै कोपीला उप्रेती । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी कोपिला उप्रेती अन्तराष्ट्रिय भलिबल करियरबाट सन्यास लिएकी छिन् ।

विभागीय टिम नेपाल पुलिस क्लबमा आबद्व कोपिलाले अन्तराष्ट्रिय करियरबाट सन्यासको घोषणा गरेकी हुन् ।

सुदुरपश्चिमबाट क्षेत्रबाट भलिबल करियर सुरु गरेकी कोपिलाले करिब डेढ दशक क्लब र राष्ट्रका लिग खेलिन् ।

२०६४ सालमा काठमाडौंमा आयोजित १३ औ राष्ट्रिय प्रतियोगितामा उनी सार्वजनीक संस्थानबाट सहभागी भएकी थिईन् । सो प्रतियोगिताबाट छनोट भएर उनले राष्ट्रिय टिममा स्थान बनाएकी थिईन् ।

उनले राष्ट्रिय टिमबाट पहिलो पटक सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको १० औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागीता जनाएकी थिईन् ।

उनी २०६८ सालमा पुलिस क्लबमा आबद्व भएकी थिईन् । अन्तिम पटक उनी सन् २०१६ मा भारतमा भएको १२ औं सागमा नेपालको प्रतिनिधित्व गरेकी थिईन् ।

कोपिला सहभागी नेपाली महिला भलिबल टिमले थुप्रै अन्तराष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेको छ ।

Image may contain: 1 person

श्रीलंकामा भएको १० औं सागमा नेपाललाई कास्य पदक जिताउन महत्वपूर्ण भूमिका खेलेकी कोपिलाले १२ औं सागमा समेत कास्य पदक दिलाउन सफल भएकी थिईन् ।

सन् २०१४ मा भएको पहिलो साउथ एसियन महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेकी उनले माल्दिभ्समा भएको एभीसी कन्टिनेन्टल कपमा स्वर्ण पदक जितेकी थिईन् ।

२०१८ मा फिबा महिला विश्व भलिबल च्याम्पियनसिपमा रजत जितेकी उनले माल्दिभ्समा भएको एसियन सेन्ट्रल जोनको छनोट प्रतियोगितामा समेत रजत पदक हात पारेकी थिईन् ।

उनले विभागीय टिम पुलिसबाट धेरै घरेलु प्रतियोगितामा उपाधि जित्नुका साथै व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

नेपाल भलिबल संघले शनिबार एक कार्यक्रमका बीच कोपिलालाई सम्मान गर्दै अन्तराष्ट्रिय करियरको सुखद बिदाई गरेको छ । कार्यक्रममा उनलाई नगद ५० हजार सहित सम्मान गरिएको थियो ।

उनले अब मोफसलमा रहेर महिला भलिबलमा काम गर्ने योजना रहेको बताएकी छिन् । क्लबबाट समेत धेरै समय खेल्दिन ।

‘अब ग्रामीण क्षेत्रमा अवसर नपाएका महिला खेलाडीलाई भलिबलसंग जोड्ने प्रयास गर्नेछु ।’ उनले खेलपाटीसंग भनेकी छिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

Loading ad...
xTreme Energy Drink
बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सानदार सिटी

सानदार सिटी

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने