काठमाडौं । कान्ति भैरब माबी र सहयोगी माबीले दोस्रो संस्करणको लिबर्टी कप सेभेन 'ए' साइड फुटबलको छात्रमा विजयी सुरुवात गरेका छन् ।
गोकर्णेश्वरस्थित अत्तरखेल मैदानमा शनिबार कान्तिले गणेश हिमाल सेकेण्डरी स्कुललाई २-० ले पराजित गर्यो । यस्तै सहयोगीले प्रारम्भ एकेडेमीलाई २-१ ले हराएर विजयी सुरुवात गर्यो ।
त्यस्तै इनसाइट भिजन स्कुलले अरुणोदय माबीलाई टाइब्रेकरमा २-० ले पराजित गर्दा वर्ल्ड युथ इन्टरनेसनल स्कुलले चार्ल्स डार्बिन एकेडेमीलाई टाइब्रेकरमै ४-३ ले हरायो ।
यस्तै त्रिकोण पब्लिक स्कुलले लर्ड्स लाइट एकेडेमीलाई २-० ले, जीवन तारा एकेडेमीले गोकर्ण लाइट एकेडेमीलाई ५-० र समता शिक्षा निकेतनले मनकामना सेकेण्डरी स्कुललाई २-० ले हराएको छ ।
छात्रातर्फको एक मात्र खेलमा वर्ल्ड युथ इन्टरनेसनल स्कुलले बिपुल शिक्षा निकेतनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा ३५ वटा निजि तथा सामुदायिक विद्यालयले प्रतिपर्धा गर्नेछन् । प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १४ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले २० हजार, दोस्रोले १० र तेस्रोले ५ हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ ।