काठमाडौं । सरस्वती चौधरी र कुलबहादुर थापा भलिबलका वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल भलिबल संघले प्रत्येक वर्ष आयोजना गर्ने एनभीए अवार्डमा महिलातर्फ सरस्वती र पुरुषतर्फ कुलबहादुर र्षखेलाव डी घोषित भएका हुन् ।
काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरेर दुवै खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको छ ।
यस्तै, पुरुषतर्फ सरन क्षेत्री र महिलातर्फ उषा भण्डारी उदयमान खेलाडी घोषित भए ।
वर्ष महिला प्रशिक्षकतर्फ एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट ठहरिए । उनी वर्ष समेत महिला प्रशिक्षकको उपाधि जित्न सफल भएका थिए ।
पुरुषतर्फको वर्ष प्रशिक्षकमा पुलिसका सरोजकुमार श्रेष्ठ उत्कृष्ट घोषित भए ।
अवार्ड सहित सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । संघले न्यु डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईलाई समेत २५ हजार नगद सहित सम्मान गरेको थियो ।
यस्तै वर्ष पुरुष टिमको अवार्ड नेपाल पुलिस क्लबले जित्दा वर्ष महिला टिमको उपाधि एपीएफले जितेको छ । वर्ष टिम बनेका पुलिस र एपीएफले १/१ लाख प्राप्त गरेको छ ।