आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफ अपराजित रहदै दोस्रो चरणमा

शुक्रबार, २४ माघ २०७६गिता राई
एपीएफ अपराजित रहदै दोस्रो चरणमा
Loading ad...
mustang rice ad

काठमाडौं । साविक विजेता एपीएफ क्लब अपराजित रहदै १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा शुक्रबार पहिलो चरणको अन्तिम खेलमा न्यु डाइमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ अपराजित रहदै दोस्रो चरणमा पुगेको हो ।

अपराजित रहने क्रममा एपीएफले न्यु डाइमण्डलाई २५–१७, २५–१९ र २५–१६ को सोझो सेटमा हरायो । जितसँगै एपीएफले ८ खेलमा २६ अंक जोड्यो । र, एपीएफ लिगको शीर्ष स्थानमा रहदै दोस्रो चरणमा पुग्न सफल भयो ।

एपीएफसँग पराजित न्यु डाइमण्ड ८ खेलमा १५ अंक जोड्दै लिगको चौंथो स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ ।

यस्तै, पुलिसले तीन भारतीय खेलाडी रहेको टिम बुलबुले रारा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । बुलबुलेलाई पुलिसले २५–१०, २५–१४ र २५–१९ को सेटमा हरायो ।

जितसँगै पुलिस ८ खेलबाट २५ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ । बुलबुले १४ अंकसहित पाँचौं स्थानमा रहदै दोस्रो चरणमा पुग्यो ।

शुक्रबार नै भएको खेलमा चितवन टाईग्रेसले आयोजक ढोरपाटनलाई ३–० को सोझो सेटमा हरायो । चितवनले ढोरपाटनमाथि २५–४, २५–१५ र २५–१२ को सेटमा जित निकाल्यो ।

यस्तै त्रिभुवन आर्मी क्लबले चितवन टाईग्रेस ३–० को सोझो सेटमा हराएको छ । आर्मीले चितवनमाथि २५–२०, २५–१६ र २५–२१ को सेटमा जित निकाल्यो । जितसँगै आर्मी ८ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा रहदै दोस्रो चरणमा पुग्यो । चितवन १३ अंक जोडेर लिगको छैंठौं स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ ।

लिगको दोस्रो चरणको खेल शनिबारबाट सुरु हुनेछ । दोस्रो चरणको पहिलो खेलमा न्यु डाइमण्ड र बुलबुले राराबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

विधागततर्फ उत्कृष्ट हुनेले जनही ७–७ हजार पाउने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन