मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

'नराम्रो भन्नेको बोली बन्द पार्न सफल भए'

शुक्रबार, २४ माघ २०७६गिता राई
'नराम्रो भन्नेको बोली बन्द पार्न सफल भए'
Loading ad...
mustang rice ad

काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल बनेको छ । तर राज्यको लगानी र संघको स्पष्ट योजनाको अभावमा यसले व्यवसायीक रुप धारणा गर्न सकेको छैन ।

ढोरपाटन महिला भलिबल प्रतियोगिता घरेलु खेलकुदको परिचित प्रतियोगिता हो । ढोरपाटन महिला भलिबलले आयोजनाको १५ बर्ष पार गरेको छ ।

महिला खेलाडीलाई स्कुटर चढाउने प्रतियोगिताको परिचय बनाएको ढोरपाटन पछिल्लो समय घरेलु भलिबलकै सर्वाधिक सफल प्रतियोगिताको आकार ग्रहण गरेको छ ।

बर्षेनी सञ्चालन हुँदै आएको प्रतियोगिताले महिला खेलाडीलाई खेल्ने बातावरण दिएको छ । साथै महिला भलिबलको नम्बर एक प्रतियोगिता बन्न सफल भएको छ ।

ढोरपाटन प्रतियोगिताको सफलताको मुख्य श्रेय मनवीर छन्त्याललाई जान्छ ।

उनैले १५ बर्ष अघिबाट ढोरपाटनको नाममा महिला भलिबल प्रतियोगितालाई अगाडी बढाउँदै आएका छन् ।

नेपाल भलिबल संघका सचिव समेत रहेका छन्त्याल ढोरपाटन भलिबल क्लबका अध्यक्ष समेत हुन् ।

उनी छन्त्यालसंग खेलपाटीकी गीता राईले ढोरपाटन महिला भलिबल प्रतियोगिताको विविध पक्षमा केन्द्रित रहेर कुराकानी गरेकी छिन् ।

ढोरपाटन महिला भलिबल कसरी सुरुवात भयो ?

जुन समय महिला भलिबलको सुरुवात गर्यौं । त्यो समय महिला भलिबल यति लोकप्रिय बन्ला भनेर सोचेका थिएनौ । महिला भलिबलले यति राम्रो सफलता हात पार्ला भन्ने लागेको थिएन ।
पहिला धेरै दयनीय अवस्था थियो । महिला भलिबलको टिम थिएन । क्लब, खेलाडी पनि थिएनन् । सुरु गर्दा पोखराको ज्ञानुबाबा, फिस्टेल, टप्स, नेपाल पुलिस क्लब र जावलाखेल मात्र थिए ।
त्यसरी ढोरपाटनको सुरुवात भएको हो । अहिले महिला भलिबलले अन्तराष्ट्रिय सफलता हासिल गर्दा धेरै गर्व लाग्छ ।

ढोरपाटनले दर्शकले मन पराएको प्रतियोगिताको रुपमा समेत चिनिन्छ । पछिल्लो समयको सहभागीता कस्तो छ ?

प्रतियोगिता सुरु गर्दा सुरुवाती एक, दुई वर्षमा दर्शक कम थिए । त्यसपछि पुरुष भन्दा महिला प्रतियोगितामा दर्शक धेरै आउन थाले र अहिले धेरैले प्रतियोगितालाई मन पराईदिनुभएको छ ।

सुरुवातमा प्रतियोगिता आयोजना गर्न कत्तिको कठिन रह्यो ?

२०६१ सालबाट प्रतियोगिता गर्न सुरु गरेको हो । प्रतियोगिता सुरु गर्दा अरु मानिसले धेरै कुरा सुनाए ।
तर आज प्रतियोगिताले सफलता हासिल गरेको छ । यसलाई यहाँ सम्म ल्याईपुर्याएको छु । मलाई नराम्रो भन्नेको बोली बन्द पार्न सफल भएको छु । त्यसैले खुसी दिन्छ ।

महिला खेलाडीको प्रतियोगिता गर्ने सोच कसरी आयो ?

पहिला दुई पटक अन्र्तराष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गरेको थिए । जसमा विदेशी खेलाडी आउने पक्का नभएपछि समस्या भयो । त्यसपछि महिला प्रतियोगिता गर्ने सोच आयो । र सुरु गरे ।
ढोरपाटन अहिले नेपालको राम्रो प्रतियोगिता बनेको छ । सफलता पनि हात पर्यो ।

प्रतियोगिताको सफलताले कत्तिको सन्तुष्टि दिन्छ ?

जन्मिएपछि केही गरेर मर्नुपर्छ । आधारभूत आवश्यकता सबैले पूर्ती गर्न खोज्छन् । तर समाजका लागि केही गर्न पर्छ । महिला भलिबलले यति दर्शक पाउनु, चर्चा पाउनु सबैभन्दा खुशीको कुरा हो । म यसैमा खुसी छु ।
अरुले धन सम्पत्ती देखाउँछन् । तर मैले भलिबलबाट प्राप्त गरेको खुसी देख्छु । सबैले सम्मान गर्छन्, मलाई चिनेका छन् । यसैले एक खालको खुसी र प्रेरणा मिलेको छ ।

प्रतियोगिता आयोजनाको १५ बर्ष बितेको छ । कत्तिको खुसी हुनुहुन्छ ?

प्रतियोगिता गर्न धेरै कठिनाई तथा दुख भोगेको छु । अरुको कुरालाई सुने÷नसुनेझैं गर्दै पन्ध्रौं संस्करणसम्म ल्याई पुर्याएको छु । यो खुशीको क्षण हो ।
भोलीका दिमा प्रतियोगितालाई निरन्तरता दिन सके भने अझै खुसी मिल्नेछ ।

अन्तिममा, समग्र प्रतियोगिताको मुल्याङ्कन कसरी गर्नुहुन्छ ?

प्रतियोगिताले राम्रा खेलाडीहरु जन्मिए । खेलाडीलाई पनि राम्रो भएको छ । प्रायोजक तथा दर्शकले पनि धेरै साथ र सहयोग गर्नुभएको छ । धेरै धन्यवाद दिन चाहन्छु ।
भलिबल नेपालको राष्ट्रिय खेल भएको हुनाले आगामी दिनमा प्रायोजक र दर्शकको अपेक्षा गरेको छु ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी