काठमाडौं । नोभाक जोकोभिच अष्ट्रेलिया ओपन टेनिसको सेमिफाईलनमा प्रवेश गरेका छन् ।
खेलको दौरान आँखामा चोट बोकेका उनले ३२ औं वरियताका क्यानेडियन खेलाडी मिलोस राओनिकलाई हराएका हुन् ।
उनले ६–४, ६–३, ७–६ (७–१)को सेटमा जित निकाले ।
जितसंगै जोकोभिचले सेमिफाईनलमा फेडेररसंगको भिडन्त पक्का गरे ।
जोकोभिचले तेस्रो वरियताका फेडेररसंग आगामी मंगलबार अन्तिम ४ को खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
उनले सन् २०१६ को अष्ट्रेलियन ओपनको सेमिफाईनलमा फेडेररलाई हराएका थिए ।