एजेन्सी । अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टको अमेरिकी प्रान्त क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा निधन भयो ।
उनीसंगै १३ बर्षकी गियाना सहित ९ जनाको दुर्घटनामा निधन भयो ।
कोबी आफ्नो नीजि हेलिकप्टरमा यात्रा गरिरहेका थिए ।
उनी किन महान ?
विश्वभर बास्केटबलका कुल पाँच महानतम खेलाडीको नाम खोजियो भने कोबीको नाम प्रमुख रुपमा आउँछ ।
कोबीको निधन लगत्तै विश्वभरका बास्केटबलका प्रशंसकले फेसबुक र ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरे । समाजिक सञ्जालको ट्रेन्डिङमा उनीमात्र रहे । यसले भन्न सकिन्छ, उनी कति लोकप्रिय थिए ।
उनको निधनमा बाराक ओबामादेखि डोनाल्ड ट्रम्प अनि विश्वभरका सेलिब्रेटी अनुहारले श्रद्धाञ्जली जनाए ।
बास्केटबल खेलको कोर्टमा कोबी एक महान व्यक्ति थिए । उनी आफ्नो जिवनमा दोस्रो अध्यायको सुरुवात गर्न गईरहेका थिए । उनलाई गुमाउनु एक आमा बाबाको रुपमा मन धेरै मन रुन्छ । पुरै ब्रायन्ट परिवारलाई हाम्रो प्राथाना छ । ओबामाले भने ।
पाँच पटक नेशनल बास्केटबल एसोशिएसन (एनबीए)को च्याम्पियन भएका कोबीलाई बास्केटबल ईतिहासका सबैभन्दा सफल महान खेलाडी मानिन्छ ।
कोबीको निधनपछि एनबीएले एक बिज्ञप्ती जारी गर्दै भनेको छ, कोबी र उनकी १३ बर्षकी छोरीको दुखद अन्त्यले हामी सबै अकल्पनीय शोकमा छौ ।
२० बर्षसम्म कोबीले हामीलाई देखाए कि, जब राम्रो प्रतिभा पुरै समर्पणका एक साथ आउँछ त के सम्भव छ ।
कोबीले २० बर्षको करियर सधै लस एन्जल्स लोकर्सबाट खेले ।
सन् २०१६ को अप्रिल महिनामा रिटायर भएका कोबीले सन् २००८ मा एनबीएका सबै भन्दा महत्वपूर्ण खेलाडीको उपाधि हासिल गरेका थिए ।
योसंगै उनी दुई पटक एनबीए फाईनल्समा एमबीपीको उपाधि हात पारेका थिए ।
कोबीको नाम दुई पटक एनबीए स्कोरिङ च्याम्पियन र दुई पटक ओलम्पिक च्याम्पियनको कीर्तिमानसंग जोडिएको छ ।
कोबीले सन् २००६ मा टोरन्टो रेपटर्सविरुद्ध एक खेलमा ८१ अंक हासिल गरेका थिए । जसलाई उनको करियरको सबैभन्दा उच्च प्रर्दशनको रुपमा लिने गरिन्छ ।
उनले बास्केटबलमा सबै अवार्ड र सम्मानसंगै एक ओस्कर अवार्ड समेत जितेका थिए । कोबीले सन् २०१५ मा बास्केटबलको एक प्रेम पत्र लेखेका थिए ।
जब त्यो प्रेम पत्रमाथि डियर बास्केटबल नामको एक छोटो एनिमेटेड फिल्म बनाईएको थिया । जसलाई ओस्कार अवार्डले सम्मानित गरिएको थियो ।
(बीबीसीबाट)