पाँच पोखरी हाफ म्याराथन भदौमा
शुक्रबार, साउन २५, २०७५खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संस्करणको पाँच पोखरी हाफ म्याराथन भदौमादोस्रो साता हुने भएको छ ।
आयोजक पाँच पोखरी थाङ्पाल गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २४ किमिको हाफ म्याराथन भदौ १० गते हुने जानकारी गराएको हो ।
प्रतियोगितामा पुरुष र महिला छुट्टाछुट्टै प्रतिष्पर्धा हुनेछ । प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद सहित मेडल र प्रमाण पत्र पाउनेछन् ।
दौड पाँचपोखरी रैथानेश्वरी मन्दिरदेखि सुरु भएर रैथाने ग्राउण्डमा आएर समापन हुनेछ ।
प्रतियोेगितामा १५० भन्दा बढि खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


