काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलको बिषयमा छलफल गर्न ईङ्ल्याण्ड फुटबल संघका अधिकारी नेपाल आईपुगेका छन् ।
नेपालको राष्ट्रिय फुटबल टिमसंग हुने मैत्रीपूर्ण खेलका लागि ईङ्ल्याण्ड फुटबल संघका अधिकारी एन्ड्री सा र लाउरेन्स जोन्स सोमबार काठमाडौं आईपुगेका हुन् ।
अखिल नेपाल फुटबल संघका कार्यसमिति सदस्य मधुशुदन उपाध्यायले दुई विदेशी पाहुनाको स्वागत गरेका थिए ।
एन्फाले मैत्रीपूर्ण खेलको बिषयमा छलफल गर्न दुई अधिकारी नेपाल आएको जनाएको छ ।
नेपालले मे २५ मा ईङ्ल्याण्डको सी टिमसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
ईङल्याण्डका फुटबल संघका अधिकारीले फुटबल संघका पदाधिकारीसंग छलफल गर्ने कार्यक्रम रहेको एन्फाका कार्यवहाक महासचिव अरुणमान जोशीले खेलपाटीलाई बताए ।
उनका अनुसार मैत्रीपूर्ण खेलको बिषयमा दुई संघका अधिकारीबीच छलफल हुनेछ ।
ईङ्ल्याण्ड फुटबल संघका दुई अधिकारीले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मासंग समेत भेट्ने कार्यक्रम रहेको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा ईङ्ल्याण्ड भ्रमणमा रहेको समय मैत्रीपूर्ण फुटबल खेलाउने बिषयमा छलफल गरेका थिए ।
नेपाली समुदायको बसोबास रहेको ईङ्ल्याण्डको शहरमा मैत्रीपूर्ण फुटबल खेलाउने नेपाल र ईङ्ल्याण्डको फुटबल संघको योजना छ ।