काठमाडौं । कतारमा आयोजना हुने आईजेएफ रेफ्रिङ, स्पोर्ट्स एण्ड एजुकेशन सेमिनारमा सहभागिता जनाउन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
दोहामा जनवरी ११ र १२ मा आयोजना हुने सेमिनारमा मुख्य प्रशिक्षक बिरेन्द्र रञ्जित र अन्तर्राष्ट्रिय जुडो रेफ्री तथा संघका महासचिव धर्म कुमार श्रेष्ठले सहभागिता जनाउने छन् ।
नेपाली टोलीलाई बिहिबार संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य लगायतले विदाई गरे ।
सेमिनारमा २०२० देखि लागु हुने जुडोको नयाँ अन्तर्राष्ट्रिय नियम, जुडो रेफ्रि तथा कोचिङ नियम सिकाईने छ । जसको कारण संघले सेमिनारमा रञ्जित र श्रेष्ठलाई पठाएको हो ।