काठमाडौं । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा पदक विजेता नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली मंगलबार स्वदेश फर्किएका हुन् ।
च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य जितेको थियो । नेपालबाट पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेका थिए ।
यस्तै महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत र महिला ५२ केजीमुनि देविका खड्काले कांस्य जितेकी थिइन् ।
नेपाली टोलीलाई जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य तथा संघका पदाधिकारीले स्वागत गरेका थिए ।