काठमाडौं । नेपालका इन्द्र बहादुर श्रेष्ठले थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
थाइल्यान्डको बैंककमा आज भएको खेलमा इन्द्रले ६६ केजीमुनि स्वर्ण जितेका हुन् । इन्द्रले जापानका तोयोदा ताकुदालाई हराएर स्वर्ण जितेका हुन् । यस्तै महिला ५२ केजीमुनि देवीका खड्काले कास्य पदक जितेकी छिन् ।
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टोली च्याम्पियनसिप खेल्न बैंकक गएको हो ।