आइतबार, कार्तिक १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अन्डरडग भुटानसँग सचेत नेपाल

सोमबार, मंसिर २३, २०७६खेलपाटी संवाददाता
अन्डरडग भुटानसँग सचेत नेपाल
Classic Tech Internet Ad

काठमाडौं । सन् १९९३ मा नेपाललाई दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण पदक दिलाउने हर्ताकर्ता थिए, बाल गोपाल महर्जन ।

त्यसयता नेपालले एक पटक मात्रै सागमा स्वर्ण पदक जितेको छ ।

खेलाडीको रुपमा देशलाई स्वर्ण जिताएका उनै बाल गोपाल अब प्रशिक्षकको भूमिकामा देशलाई स्वर्ण दिलाउने संघारमा पुगेका छन् ।

तर, प्रशिक्षक महर्जनले खेलाडी र प्रशिक्षकको रुपमा स्वर्ण जितेमा त्यो संयोग मात्र हुने बताईसकेका छन् ।

नेपालले १३ औं सागको फाइनल खेलमा आज (मंगलबार) भुटानको सामना गर्दैछ ।

भुकम्पपछि बनेको दशरथ रंगशालामा नेपालले १३ औं सागको समापनमा फुटबलको फाईनल खेल खेलाउने तयारी गरेको हो ।
खेल दिउसो ३ बजे हुनेछ ।

पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ ।

भुटान पछिल्लो समय दक्षिण एसियाली फुटबलमा उदाउँदो शक्तिको रुपमा अगाडी बढेको छ । उसले घरेलु फुटबलमा ठुलो लगानी गरेको छ । ग्रासरुट फुटबलमा गरेको लगानीले अहिले सिनियर स्तरमा ठुलै प्रतिफल दिईरहेको छ ।

यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली बन्यो ।

पहिलो खेलमा भुटानलाई नेपालले ४–० गोल अन्तरले हराएको थियो ।

सागको फुटबललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बार्षिक क्यालेन्डरमा समावेश नगरेपछि भारतले पुरुष फुटबल खेलेन । नेपाल प्रतियोगितामा अपराजित छ ।

पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो । अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो ।

बगलादेशलाई हराउँदै नेपाल लगातार दोस्रो पटक सागको पुरुष फुटबलमा फाईनल प्रवेश गर्यो ।

सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

भुटान फुटबलको इतिहासमै पहिलो पटक सागको फाइनल पुगेको हो ।
भुटानले उद्घाटन खेलमा बंगलादेशविरुद्ध १–० को अप्रत्यासित जित निकालेको थियो ।

दोस्रोमा नेपालसँग पराजित भएपनि तेस्रोमा माल्दिभ्सलाई २–१ गोल अन्तर र अन्तिममा श्रीलंकालाई ३–१ गोल अन्तरले हराएको थियो ।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहिन छन् ।

पहिलो पटक फाईनल प्रवेश गरेको भुटान उपाधि भिडन्तमा नतिजा नेपाललाई सुम्पिन चाहदैन । भुटानविरुद्ध सिनियर स्तरका प्रतियोगितामा नेपालनै हाबी हुदै आएको छ ।

तर, पछिल्लो समय अन्डरडगको परिचय बनाएको भुटानले उमेर समूहमा निकै राम्रो नतिजा निकाल्दै आएको छ ।

उसले यू–१६ र यु-१९ नेपाली टिमलाई पराजित गरिसकेको छ । दक्षिण एसियाली फुटबलमा राम्रो प्रभाव जमाईरहेको भुटानलाई कम आँक्नु नेपालको ठुलो भुल हुन सक्छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

Bajaj Pulsar Motorcycle Ad
सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो