बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

साग विशेष : टेनिसमा सधै निराशा

शुक्रबार, ०६ मंसिर २०७६विश्वास थापा
साग विशेष : टेनिसमा सधै निराशा
Loading ad...
mustang rice ad

काठमाडौं । टेनिस पश्चिमी देशको चर्चित खेल हो । तर, पूर्वी राष्ट्रमा यसलाई रुचाउने समर्थक पाउन मुश्किल पर्छ ।

दक्षिण एसियाली खेलकुदमा टेनिस ढिलै समावेश भयो । साग सुरुवात भएको चौथो संस्करणपछि मात्र यसलाई समावेश गरियो । विद्यालय स्तरमा निकै खेलिएपनि यसले व्यवासीयक रुप धारण गर्न सकेन ।

घरेलु खेलकुदमा ‘एलिट’ वर्गको खेलको परिचय टेनिसले मेट्न सकेको छैन । यस्तै सागको ईतिहासमा टेनिस सहभागितामै मात्र सिमित छ ।

दक्षिण एसियामा भारत र श्रीलंकाको दबदबा टेनिसले तोड्न सकेको छैन । सोही कारण टेनिस सधै पछाडी पर्दै आएको छ । साग ईतिहासमा पदक विहिन छ ।

ईतिहास –

सन् १९९१ म श्रीलंकाको कोलम्बोमा भएको सागबाट मात्र टेनिसले औपचारिक प्रवेश पाएको हो । पहिलो संस्करणमै नेपाले सहभागीता जनायो ।

सुरुवाती तीन संस्करण टेनिस लगातार आयोजना भयो । त्यसपछि पुन यसमा ब्रेक लाग्यो ।

सन् २००४, २००६ र २०१० मा टेनिसले सागमा स्थान पाउनै सकेन । गत संस्करणको सागमा यसलाई पुन समावेश गरियो । नेपालमा आयोजना हुन लागेको १३ औं सागमा टेनिसका महिला र पुरुष स्पर्धामा समावेश छन् ।

सन् १९९१, १९९३, १९९५ र २०१६ मा आयोजित सागमा सहभागीता जनाएपनि नेपालले खासै उपाधि हात पार्न सकेको छैन ।

तयारी र पदक –

सागमा पदक विहिन टेनिले यसपटक नतिजा निकाल्ने लक्ष्य लिएको छ । अर्थात टेनिस यसपटक पदक जित्ने लक्ष्य राखेको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा पदक जित्न टेनिसका खेलाडीलाई नेपाली तथा श्रीलंकन खेलाडीले प्रशिक्षण गराईरहेका छन् । खेलाडीहरु दिनको कम्तिमा ६ घण्टा कोर्टमा बिताउने गर्छन् ।

करिब ५ महिनादेखि तीन चरणमा प्रशिक्षणमा व्यस्त रहेका खेलाडीले घरेलु समर्थकलाई निराश नपार्ने विश्वास लिएको नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणाले बताउँछिन् ।

’भारत र श्रीलंका निकै बलियो टिम हो । त्यसैले स्वर्ण नभएपनि कम्तिमा कास्य दिलाउने विश्वास लिएका छौ,’ राणाले भनिन्, ’टेनिसमा तेस्रो र चौथोलाई तेस्रोको पदक दिने गरिन्छ । यस पटक टेनिसमा पदक आउने आश छ ।’

नेपालको मुख्य लक्ष्य रजत पदक रहेको छ । टेनिसतर्फ दक्षिण एसियाका सबै राष्ट्रले सहभागिता जनाउने छन् । नेपालको मुख्य चुनौती भारत र श्रीलंका हो । टिम इभेण्ट्समा नेपालको पदक जित्ने बलियो सम्भावना रहेको राणाले जानकारी गराइन् ।

साग खेल्ने टेनिस खेलाडी :


महिलातर्फ : प्रेरणा कोइराला, सलोनी तामाङ, अभिलाषा विष्ट, आइरा यम राउत, राएना शाह र प्रकृति श्रेष्ठ


पुरुषतर्फ : समरक्षक भूषण बज्राचार्य, प्रणव खनाल, प्रदीप खड्का, सन्तोष खत्री, सम्यक भूषण बज्रचार्य र नविन मगर

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा