काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक फिटनेश कोचिङ कोर्ष लेभल वान आयोजना गरेको छ ।
फुटबलको सर्वाेच्च संस्था (फिफा) र एसियन फुटबल महासंघ ( एएफसी) को सहयोगमा एन्फाले पहिलो पटक फिटनेश कोचिङ कोर्ष लेभल वान गरेको हो ।
एन्फाले बुधबारबाट लेभल वान कोर्षको सुरुवात गरेको हो । कोर्ष ५ दिनसम्म चल्नेछ ।
नेपालमा पहिलो पटक आयोजना भएको कोर्षमा २५ प्रशिक्षकको सहभागिता रहेको छ । पहिलो दिन २० प्रशिक्षकको सहभागिता रहेको थियो ।
एएफसीको नियम अनुसार लेभल वान कोर्ष गर्न बी लाईसेन्स अनिवार्य हुनुपर्नेछ ।
फिटनेश कोर्षका लागि एएफसी र फिफाका प्रतिनिधि प्रशिक्षक डाक्टर मोहम्मद थियाद आएका छन् । जोर्डनका प्रशिक्षक मोहम्मदले नेपाली प्रशिक्षकलाई ५ दिनसम्म प्रशिक्षण गराउने छन् ।
यस अघि नेपाली राष्ट्रिय पुरुष तथा महिला टिमको फिटनेश टेष्ट कोचिङ कोर्ष नै नगरेका प्रशिक्षकले प्रशिक्षण गराउदै आएका थिए । नेपाली राष्ट्रिय पुरुष टिमको हकमा भने फिफा र राष्ट्रिय रेफ्रिले खेलाडीको टेष्ट लिदै आएका छन् ।
सहभागी प्रशिक्षक - सुभाष गुरुङ, नविन न्यौपाने, राजेन्द्र तामाङ, सल्यान खड्गी, अनन्त राज थापा, किरण श्रेष्ठ, प्रदिप नेपाल, रमेश महर्जन, हरि ओम श्रेष्ठ, चेत नारायाण श्रेष्ठ, राज कुमार केसी, श्याम मानन्धर, यम प्रसाद गुरुङ, सुमन श्रेष्ठ, मनोज रंजित, सनोज श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ, नविन महर्जन, प्रवेश कटुवाल, उर्जन श्रेष्ठ, मेघराज के सी, छिरिङ लोप्साङ, विकाश डंगोल, प्रकाश अर्याल, दर्शन भक्त राज