काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सेफ द मिशनमा चतुरानन्द बैद्य र रिम रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटि एनओसीले आफ्ना उपाध्यक्ष चतुरानन्द र राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमलाई नेपालको प्रतिनिधित्व गर्दै सेफ द मिशनको बैठकमा पठाउने निर्णय गरेको हो ।
सागको तयारी र समिक्षा गर्न सेफ द मिशनको बैठक आईतबार र सोमबार काठमाडौंमा बस्दैछ ।
ओलम्पिक कमिटिको दोस्रो कार्यकारीणी बैठकले चतुरानन्द र रिमलाई सेफ द मिशनको बैठकमा पठाउने निर्णय गरेको हो ।
आयोजक राष्ट्र नेपालले सागको 'सेफ द मिशन' कसलाई बनाउने भन्ने बिषयमा अहिलेसम्म निर्णय गरेको छैन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव अन्तराष्ट्रिय प्रतियोगितामा सेफ द मिशन बन्ने प्रचलन रहेको छ ।
सागको सेफ द मिशनमा भाग लिन सहभागी राष्ट्रका प्रतिनिधि यतिबेला नेपाल आएका छन् । कात्तिक २४ र २५ गते सेफ द मिशनको औपचारिक बैठक काठमाडौंमा बस्नेछ ।
सो बैठकमा नेपालले साग आयोजना र सञ्चालनमा भएको तयारीका बिषयमा सहस्य राष्ट्रलाई जानकारी गराउनेछ ।
साथै सदस्य राष्ट्रले प्रतियोगिता आयोजना र सञ्चालनमा उठाएका प्रश्नको जवाफ समेत दिनेछ ।
नेपालकोतर्फबाट सदस्य सचिव रमेश सिलवालले सागको तयारीबारे प्रस्तुती दिने छन् ।