काठमाडौं । थ्री स्टार क्लबका कोषाध्यक्ष तथा म्यानेजर राम श्रेष्ठ (बोस) अमेरिका र ब्राजिलमा सम्मानित भएका छन् ।
नेपाल भारोतोलन संघका उपाध्यक्ष समेत रहेका श्रेष्ठ अमेरिकामा 'लिजेन्ट अफ दि मार्सल आर्ट्स हल अफ फेम' अवार्डबाट सम्मानित भएका छन् ।
ग्लोबल कोरियन मार्सल आर्ट्स फेडरेशनको आयोजनामा अमेरिकाको न्यू जर्सीमा भएको एक कार्यक्रममा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो । श्रेष्ठले स्पोर्ट्स पर्सनालिटी विधामा अवार्ड पाएका हुन् ।
यस्तै नेपाल ट्रेडिसनल तेक्वान्दो फेडेरेशनका अध्यक्ष तथा नेपाल युथ गुप्रको अध्यक्ष समेत रहेका श्रेष्ठले ब्राजिलमा एर्पिसेशन अवार्ड पाएका हुन् । इन्टरनेसनल कराते युनियनको आयोजनामा ब्राजिलमा भएको वर्ल्ड कराते च्याम्पियनसिपको दौरान श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो ।
विभिन्न खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो ।
श्रेष्ठ नेपाली खेलकुदमा लामो समयबाट क्रियाशील रहदै आएका छन् । श्रेष्ठले खेलाडीलाई सहयोग गर्ने देखि विभिन्न खेलको विकासमा सक्रिय भूमिका खेल्दै आएका छन् ।