काठमाडौं । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक कात्तिक २३ गते बस्ने भएको छ ।
आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारी र समिक्षा गर्न ओलम्पिक काउन्सिलको बैठक बस्न लागेको हो ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले काउन्सिलको बैठक कात्तिक २३ र २४ गते काठमाडौंमा बस्ने टुङ्गो लागेको खेलपाटीलाई बताएका छन् ।
उनका अनुसार काउन्सिल सदस्यहरु कात्तिक २२ गते नेपाल आउने छन् । र २३ र २४ गते बैठकमा सहभागि हुनेछन् । लगत्तै कात्तिक २५ गते काउन्सिलका सदस्य स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सो क्रममा काउन्सिलले सागको तयारीको अवस्थाबारे जानकारी लिनेछ र खेल स्थलको निरिक्षण गर्नेछ ।
खेल स्थलको तयारी अपेक्षित गतिमा अघि नबढ्दा नेपाल ओलम्पिक कमिटिले काउन्सिलको बैठक पछाडी सार्दै आएको थियो ।
तेह्रौ संस्करणको साग प्रतियोगिता नेपालमा हुदैछ । प्रतियोगिता मंसिर १५ देखि २४ सम्म हुने तय छ ।
प्रतियोगिताका अधिकांश खेल काठमाडौं र पोखरामा हुनेछ ।
सेभ द मिसन बैठक समेत
यस्तै, ओलम्पिक काउन्सिलको बैठककै दौरान सेभ द मिसनको बैठक समेत बस्नेछ । नेपालले अझैसम्म प्रतियोगिताको सेभ द मिसनबारे निर्णय गर्न सकेको छैन ।
सो बैठकमा तयारी समितिहरुले प्रतियोगिता व्यवस्थापन र सञ्चालनको सम्पुर्ण विवरण प्रस्तुत गर्नेछन् ।
एनओसी अध्यक्ष श्रेष्ठका अनुसार सेभ द मिसनको सेमिनारमा तयारी समितिले आफुहरुले गरेका कामको प्रस्तुती दिने तय भएको खेलपाटीलाई बताएका छन् ।