पोखरा, । युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा (सुनार) सहित राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल, गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नर देबी पुनको टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयार भईरहेको पोखरा रंगशालासहित निर्माणाधीन विभिन्न भौतिक पूर्वाधारको निरिक्षण गरेका छन् ।
मन्त्रि विश्वकर्मासहितको टोलीले पोखरा रंगशालासँगै ह्याण्डबल एकेडेमी, बहुउद्धेश्यिय कभर्ड हल, क्रिकेट खेल मैदान, आर्चरी खेल मैदानको निरिक्षण गरेका थिए । त्यस बाहेक निर्माणाधिन टेनिस कोर्ट र स्क्वास कोर्टको समेत निरिक्षण गरे । त्यस्तै सागमा आयोजना हुने पोखरा बाराही घाटको बिच भलिबल कोर्ट र भारोत्तोलन आयोजना हुने पोखरा १२ स्थित केसी क्याटरिङको समेत निरिक्षण गरेको थिए ।
निरिक्षणका क्रममा मन्त्रि विश्वकर्माले अस्थाई प्रकृतिका पूर्वाधार बनाउँदा कम लागत र पारदर्शितामा ध्यान दिन सबै संघका प्रतिनिधीहरुलाई आग्रह गरेका छन ।
त्यसअघि पोखरा रंगशाला बनाउने जिम्मा पाएको एमए कन्स्ट्रक्सन र ग्रेट स्पोर्टस प्रालीका प्रतिनिधिहरुसँग मन्त्रि विश्वकर्मा सहितको टोलीले भेट गरि तोकिएको समयमा काम सक्न निर्देशन दिएको छ । सो अवसरमा निर्माणाधिन रंगशालाका प्रोजेक्ट म्यानेजर दिपक बरालले मन्त्रि विश्वकर्मा र सदस्य सचिब सिलवाल सहितको टोलीलाई रंगशालाका बारेमा जानकारी दिदैं नोभेम्बरको दोश्रो साता सम्म ८–१० हजार सिट क्षमताको रंगशाला तयार भइसक्ने बताए ।
सो अवसरमा ग्रेट स्पोर्टसका प्रतिनिधी सन्दिप सिंहले फ्रान्स बाट भारतको विशाखापट्नममा आइपुग्ने सामानलाई यथासिघ्र नेपाल ल्याउन पहल गर्न मन्त्रि विश्वकर्मासंग आग्रह गरेका थिए ।
यसै गरि क्रिकेट खेल मैदानको अवस्थामा नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले जानकारी गराएका थिए ।