काठमाडौं । रोल्पामा शहिद स्मृती मार्सल आर्ट्स हाप्कीडो प्रथम राष्ट्रिय प्रतियोगिता सुरु भएको छ ।
रोल्पा जिल्ला मार्सल आर्ट्स हाप्कीडो संघको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्कीडो संघको सहयोगमा शुक्रबार सुरु प्रतियोगितामा सात प्रदेश र आयोजक गरी आठ टोलीका २ सय खेलाडीको सहयोगिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी पाच नम्बर प्रदेश सरकारका सामाजीक विकास मन्त्री शुर्दशन बरालले गरे । सो अवसरमा बोल्दै मन्त्री बरालले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै प्रेदश सभा सदस्य दिपेन्द्र पुनले यो प्रतियोगिताले परिवर्तन गाउँपालिकाको महत्वलाई बढाएको तथा देश भरी यसलाई परिचित गराउन सहयोग गरेको बताए ।