काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको बारेमा छलफल गर्न नेपाल तेक्वान्दो संघका उपाध्यक्ष नन्दु कुमार राई, महासचिव दीपराज गुरुङ र तेक्वान्दो प्रशिक्षक मनोज खड्गी दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
१३ औं साग अन्तर्गत तेक्वान्दो खेलका प्राविधिक, व्यवस्थापन तथा आवश्यक तयारीका बारेमा छलफल गर्न राई, गुरुङ र खड्की बुधबार कोरियातर्फ लागेका हुन् । नेपाल तेक्वान्दो संघले कोरियामा उनीहरुले सागका बारेमा वृहत छलफल गर्ने जनाएको छ ।
आठौं सागमा तेक्वान्दोको ग्यारोगी विद्या मात्र समावेश गरिएकोमा १३ औं सागमा पुन्से विधा पनि थपिएको हुदा संघका पदाधिकारीले विश्व तेक्वान्दो एसियासँग छलफल गर्ने छन् ।
यस अघि महासचिव गुरुङले सहभागि राष्ट्र बंगलादेश र भुटानका सम्बन्धित तेक्वान्दो पदाधिकारीसँग छलफल गरि सकेका छन्।