काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा विभिन्न १८ इभेन्ट्समा प्रतिस्पर्धा हुने भएको छ ।
सागको प्राविधिक कमिटीले एथ्लेटिक्सतर्फ १८ इभेन्ट्स समावेश गर्ने निर्णय गरेको छ । महिला र पुरुष दुवैतर्फ १८ स्पर्धा हुनेछ ।
एथ्लेटिक्सतर्फ म्याराथन, १०० मिटर दौड, ५ हजार मिटर, १० हजार मिटर दौड जस्ता स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
१८ इभेन्ट्समा एक राष्ट्रबाट बढीमा ३६ खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् ।
काठमाडौं र पोखरामा आयोजना हुने १३ औ संस्करणको साग मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुनेछ ।
कुन किन इभेन्ट्स हुन्छ ?