काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियनहरुलाई दिदै आएको मासिक भत्तामा केहि छुटेका ओलम्पियनहरुलाई पनि भत्ता उपलब्ध गराइ दिन बुधबार अनुरोध गरेको छ ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मंगलबार राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई भेटी छुटेकालाई भत्ता उपलब्ध गराइ दिन अनुरोध गरेको हो ।
भत्ता पाउन छुटेका ओलम्पियनहरुमा एथलेटिक्सका बैकुण्ठ मानन्धर, तेक्वान्दोकी संगीना वैद्य, एथलेटिक्सका राजेन्द्र भण्डारी, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका कमलबहादुर भण्डारी र एथलेटिक्सका टीकाबहादुर बोगटी छन् ।
सदस्य–सचिव सिलवालले आफू यस विषयमा सकारात्मक रहेको बताउदै सो सम्बन्धमा के गर्न सकिन्छ त्यसमा छलफल गर्ने बताए ।