काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स महासंघको उपाध्यक्ष चुनिएका छन् ।
इन्डोनेसियाको बटाम भएको महासंघको इलेक्ट्रोरल कंग्रेसले श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको हो । श्रेष्ठ दोस्रो पटक महासंघको उपाध्यक्ष चयन भएका हुन् ।
५३ औं संस्करणको एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको दौरान बसेको कंग्रेसले ५५ औं संस्करणको च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
५४ औं संस्करण माल्दिभ्समा हुने तय भईसकेको कारण ५५ औं संस्करण भने नेपालमा आयोजना गर्ने कंग्रेसले अनुमोदन गरेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन् ।
च्याम्पियनसिपको ५३ औं संस्करणमा प्रतियोगितामा नेपालबाट महिला ५५ केजीमा रजनी श्रेष्ठले प्रतिस्पर्धा गर्ने छिन् ।