काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि दुई समुह भिड्ने पक्का भएको छ । शनिबार हुने निर्वाचनका लागि दुई समुहले प्यानल तयार पारेको पुष्टि गरेका छन् ।
उद्घाटन सत्र भने शुक्रबारनै सुरु हुनेछ ।
नयाँ नेतृत्वका लागि पुर्व अध्यक्ष विनयराज पाण्डे र निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
क्यानको निर्वाचित कमिटि १७ सदस्यीय बन्नेछ ।
पाण्डे नेतृत्वको समुहबाट उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा, सचिवमा बिनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराई उठ्ने पक्का बनेको छ ।
सत्तारुढ दल नेकपाले उपाध्यक्षमा प्रदेश एकका संयोजक शेर्पालाई प्रस्ताव गरेको थियो । तर अध्यक्षका प्रत्यासी पाण्डेले शेर्पाको क्रिकेट राजनीतिमा चिनिएको अनुहार दिन अडान कसेपछि मैनालीलाई अघि सारिएको हो ।
चन्द नेतृत्वको प्यानलमा उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंहले उम्मेदवारी दिने टुङ्गो लागेको छ ।
दुवै पक्षले सदस्य पदकालागि आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।
७ प्रदेशका ५९ प्रतिनिधिले क्यानको भोली (शनिबार) हुने निर्वाचनमा भाग लिनेछन् ।
नयाँ नेतृत्वको निर्वाचनसंगै क्रिकेट संघमाथि लागेको अन्तराष्ट्रिय निलम्बन फुकुवा हुने विश्वास गरिएको छ ।
को को छन् प्रतिनिधि ?
प्रदेश १ संग ८ भोट रहेको छ । जिल्ला प्रतिनिधिको रुपमा अर्जुन पौडेल, लाक्पा लामा, रोशन बुढाथोकी, कैलाश विष्ट र शम्भु शर्मा छन् । प्रदेश प्रतिनिधिको रुपमा नेकपाको भातृ संगठन युवा संघका केन्द्रिय नेता मिंग्मा दण्डु शेर्पा, शिरिष उपाध्याय र मनोज कटुवाल छन् ।
प्रदेश २ संग १२ भोट रहेको छ । पुर्व कप्तान पवन अग्रवाल जिल्ला प्रतिनिधिको रुपमा आउँदा हिरा भगत, पवन गुप्ता, दाउद अन्सारी, आयुष श्रेष्ठ, सुनिल महासेठ, रोशनकुमार सिंह र माधव कर्माचार्य जिल्ल प्रतिनिधि बनेर आएका छन् । प्रदेश प्रतिनिधिको रुपमा अनिल शर्मा, आकाश पाण्डे, मुर्तुजा हवारी र सुनिलकुमार शाह छन् ।
प्रदेश ३ संग ९ भोट रहेको छ । विनयराज पाण्डेको प्रभाव रहेको प्रदेशमा दिपेन्द्र ढकाल, कैलाश प्रधान, नरेश राना, अमितबिर पाण्डे, उपेन्द्र भट्टराई छन् । प्रदेश प्रतिनिधिको रुपमा प्रफुल्ल वैद्य, किरण क्षेत्री र दर्गाराज पाठक रहेका छन् ।
प्रदेश ४ संग ६ भोट रहेको छ । क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा प्रतिनिधि रहेको जिल्लामा सुदिप शर्मा, सन्जयकान्त सिग्देल, राजबाबु श्रेष्ठ रहेका छन् । यस्तै ऋषीराम गौतम र प्रकाश पौडेल प्रदेश प्रतिनिधि छन् ।
प्रदेश ५ र ६ संग १२ भोट छ । बिनोदकुमार मैनाली जिल्ला प्रतिनिधिको रुपमा आउँदा अशोकनाथ प्याकुरेल, प्रशान्तबिक्रम मल्ल, राजेश श्रेष्ठ, प्रदीप मजगैया, प्रकाश गैरे र कृण्णप्रसाद श्रेष्ठ र प्रकाश गैरेले जिल्लाबाट प्रतिनिधित्व गरेका छन् । प्रदेश ६ को सुर्खेत प्रतिनिधिको रुपमा पदमबहादुर खड्का रहेका छन् । प्रदेश प्रतिनिधिको रुपमा सन्जय गुरुङ, सन्जयराज सिंह, श्रीधर केसी र विनयराज भण्डारी रहेका छन् ।
प्रदेश ७ संग १२ भोट रहेको छ । चुतुरबहादुर चन्द प्रतिनिधि जिल्लाबाट बिक्रम विष्ट, जयन्ती भट्ट, बासुदेव जोशी, दिनेश सिंह, धिरेन्द्र साउद, बिरेन्द्रबहादुर चन्द र प्रबिन्द्रबहादुर धामी प्रतिनिधि रहेका छन् ।
प्रदेशबाट हरि रेग्मी, हरिप्रसाद उप्रेती, तेजप्रकाश भट्ट र आशिषकुमार खत्री प्रतिनिधि छन् ।