थ्री स्टारको अध्यक्षमा पुनः जोशी
आइतबार, असोज ५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । 'ए' डिभिजन क्लब थ्री स्टार क्लबको अध्यक्षमा पुनः अरुण मान जोशी निर्वाचित भएका छन् ।
आइतबार बसेको क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्सीय कार्य समिति निर्विरोध चयन गरेको हो । यस्तै क्लबले २ सदस्य पछि चयन गरिने जनाएको छ ।
यस्तै क्लबको उपाध्यक्षमा निर्मल रत्न शाक्य, अतिश कृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, बिरेन्द्र लाल श्रेष्ठ र जय कृष्ण श्रेष्ठ चयन भए ।
क्लबको महासचिवमा सन्जिब शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ, सचिवमा कुल बहादुर महर्जन, निवास गोपाल वैद्य र सहकोषाध्यक्षमा देवेन्द्र लाल श्रेष्ठ चुनिए ।
त्यस्तै सदस्यहरुमा राम कृष्ण चित्रकार, प्रेम बहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी रहेका छन् ।
क्लबको निर्वतमान अध्यक्षमा ज्ञान बहादुर शाक्य रहेका छन् ।










-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

