काठमाडौं । साडमन क्यास्ट्रो र नितु तामाङले गोदावरी फेस्टिबल दौड अन्तर्गत टिएनएफ ३० किमी दौडको उपाधि जितेका छन् ।
शनिबार भएको पुरुषतर्फको दौडमा क्यास्ट्रोले २ घण्टा ११ मिनेट ४४ सेकेण्डमा दुरी पुरा गर्दै पहिलो भए । महिलातर्फ नेपालकी नितु तामाङले २ घण्टा ४७.५० सेकेन्टमा पार गनै उपाधि जित्न सफल भईन् ।
बेस क्याम्प आउटडोर लाइफ स्टायलको आयोजनामा गोदावरी रनिङ फेस्टिबल ३० किलोमिटर पुरुषतर्फ तस्विर लामा दोश्रो र गिरीराम राई तेश्रो भए । महिलातर्फ सोनिया माटिङ दोश्रो र सारा हर्मन तेश्रो भईन् । दुवै समूहका बिजेताले १३ हजार उपबिजेताले ९ हजार र तेश्रो हनेले ५ हजार नगद प्राप्त गरेका थिए ।
टिएनएफ १५ किलोमिटर यति रनमा पेम्बा दोर्जे तामाङ पहिलो,नोर लामा दोश्रो र पुर्णवहादुर तामाङ तेश्रो हुदा महिलातर्फ रसिला तामाङ पहिलो जुलिया कन्ली दोश्रो र एमी वर्डलेट तेश्रो भएका छन् ।
दुवै समूहका बिजेताले १७ हजार,१५ हजार र १२ हजार नगद प्राप्त गरेको आयोजक परेश श्रेष्ठले जनाएका छन् ।