काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पियक कमिटिका उपाध्यक्ष चतुरानन्द बैद्य एशियन टेबलटेनिस युनियनको जुनियर्स कमिटको सदस्यमा चयन भएका छन् ।
ईन्डोनेसियामा जारी २४ औं एशियन टेबलटेनिस प्रतियोगिताका दौरान भएको युनियनको कँग्रेसले दक्षिण एशियाको तर्फबाट बैद्यलाई उक्त कमिटिमा चयन गरिएको हो ।
यस्तै गरि संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य भेट्रान्स कमिटिमा तथा महासचिव शंकर गौतम टेक्निकल तथा रेफ्रि कमिटिमा चयन भएको संघका उपाध्यक्ष एवं प्रतिनिधी धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।
कतारमा सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले हालै समूह चरण अन्तर्गत कुवेत र चाईनिज ताइपेसँग खेलेको थियो । जसमा नेपालले कुवेतसँग ७-० को हार व्यहोर्दा ताइपेलाई २-० ले पराजित गरेको थियो ।