काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्षमा पुन निर्वाचित भएका जीवराम श्रेष्ठलाई संसदीय समितिले बधाई दिएको छ ।
संघीय संसदको शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिले प्रतिनिधि सभाका सांसद समेत रहेका श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको हो ।
श्रेष्ठ शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिका सदस्य समेत हुन् ।
शनिबार भएको एनओसीको १० औ साधारण सभाले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि एनओसीको नेतृत्वमा निर्वाचित गरेको थियो ।
उनले अध्यक्षका प्रत्यासीय उमेशलाल श्रेष्ठलाई ७ भोटले पराजित गर्दै ओलम्पिक कमिटिको नेतृत्वमा दोहरिएका हुन् ।
आईतबार एक कार्यक्रमकाबीच समितिका तर्फबाट सभापति जयपुरी घर्तीलाई श्रेष्ठलाई बधाई दिईन् ।
उनले ओलम्पिक कमिटिको नेतृत्वमा निर्वाचित भएकोमा श्रेष्ठलाई बधाई दिदै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेकी थिईन् ।