काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसीको) निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव केशब कुमार बिष्ट पराजित भएका छन् ।
एनओसीको सचिवमा उम्मेदवार दिएका बिष्ट पराजित भएका हुन् ।
ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा जारी सचिवको मतगणना अनुसार बिष्टले १७ मत ल्याए ।
सचिबमा १८ मत ल्याएका रामजी श्रेष्ठ, २५ मत ल्याएका दिपक हर्ष वज्राचार्य र २१ मतसहित तुलसी थापा निर्वाचित भए ।
३ सचिवका लागि ४ जनाले प्रतिस्पर्धा गरेका थिए ।