आइतबार, २४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेतृत्व चुन्ने ओलम्पिक कमिटिको निर्वाचन आज

शनिबार, २८ भाद्र २०७६खेलपाटी संवाददाता
नेतृत्व चुन्ने ओलम्पिक कमिटिको निर्वाचन आज

अध्यक्षका प्रत्यासी वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ । फाेटाे : खेलपाटी ।

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसीको) नयाँ नेतृत्वका आज (शनिबार) निर्वाचन हुदैछ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा हुने निर्वाचन सहितको साधारण सभा बिहान ८ बजेपछि सुरु हुने छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।

साधारण सभाले एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, १ कोषाध्यक्ष, ३ सचिव र ७ सदस्य सहित १९ सदस्यीय कमिटि निर्वाचित गर्नेछ ।

पाँच उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, पुष्प दास श्रेष्ठ, अशोक रत्न बज्राचार्य, सुनिल कुमार श्रेष्ठ, चतुरानन्द राज बैद्य, राजिब श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन् ।

यस्तै महासचिबका लागि पुरेन्द्र बिक्रम लाखे र निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी दिएका छन् । निलेन्द्रले जिवनराम समुह र पुरेन्द्रले उमेशलाल समुहबाट उम्मेदवारी दिएका हुन् ।

उप-महासचिबमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन् । उप(महासचिब र कोषाध्यक्षमा एक एक जनाको मात्र उम्मेदवारी परेको हो ।

३ सचिबका लागि केशब कुमार बिष्ट, रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् ।

त्यस्तै ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । सदस्यका लागि रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ, दिर्ग बहादुर केसी र मनोरंजन रमण शर्माले उम्मेदवारी दिएका छन् ।

भदौ २० गते स्थगित भएको ओलम्पिक कमिटिको चुनाव शनिबार हुन लागेको हाे । अदालतबाट मान्यता प्राप्त एनओसीका सदस्य कमलबहादुर चित्रकारले निर्वाचन रोक्न माग गर्दै अदालतमा मुद्वा दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधिश टंकबहादुर मोक्तानको एकल ईजलासले भदाै २० गतेकाे निर्वाचन रोक्न आदेश दिदै भदाै २२ गते छलफलका लागि सरोकारवाल पक्षलाई बोलाएको थियो ।

दुवैपक्षसंग छलफल गरेपछि सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेको हो ।

न्यायाधिशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश निरन्तर जारी गर्न नपर्ने निर्णय सुनाएपछि एनओसी निर्वाचनको बाटो खुलेको हाे । 

साधारण सभाले ४ बर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

 

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको गोलमा मियामीको कठिन जित

मेसीको गोलमा मियामीको कठिन जित

युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको