काठमाठौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटि (एनओसी)को निर्वाचनका रोक्न दिएको अन्तरिम आदेश खारेज गरेको छ ।
अदालतको आदेशसंगै एनओसी निर्वाचनको बाटो खुलेको छ ।
न्यायाधिशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश निरन्तर जारी गर्न नपर्ने निर्णय सुनाएपछि एनओसी निर्वाचनको बाटो खुलेको हो ।
अदालतबाट मान्यता प्राप्त एनओसीका सदस्य कमलबहादुर चित्रकारले निर्वाचन रोक्न माग गर्दै अदालतमा मुद्वा दायर गरेका थिए ।
रिटमाथि सुनुवाई गर्दै गत आईतबार न्यायाधिश टंकबहादुर मोक्तानको एकल ईजलासले भदौ २० गतेको निर्वाचन रोक्न आदेश दिदै छलफलका लागि सरोकारवाल पक्षलाई बोलाएको थियो ।
आईतबार दुवैपक्षसंग छलफल गरेपछि सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेकोे हो ।
अदालतको फैसलासंगै नयाँ मिति तोकेर एनओसीको निर्वाचन गर्न मिल्ने कानुनी बाटो खुलेको हो ।