काठमा डौं। नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि १८ जुडो खेलाडी छनोट भएका छन् ।
नेपाल जुडो संघले आइतबार ९ पुरुष र ९ महिला गरी १८ जना खेलाडी छनोट गरेको हो ।
पुरुषतर्फ ६३ केजीमुनि उमेश मगर, ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ र सुनील नगरकोटी, ७३ केजीमुनि सन्जित डंगोल, ८१ केजीमुनि मनिष महतो, पवनकुमार श्रेष्ठ, ९० केजीमुनि श्रीराम माकाजु, १ सय केजीमुनि रमेशबहादुर चन्द र १ सय केजीमाथि राजन जोशी छनोट भए।
महिलातर्फ ४८ केजीमुनि सोनिया भट्ट, ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान, ६३ केजीमुनि निर्मला घर्तीमगर, अमिशा राणा, ७० केजीमुनि बिनीता मगर, निशा चौधरी, ७८ केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति जोशी छनोट भएका छन् ।