मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

'आरोप प्रमाणित भए राजीनामा दिन्छु'

शनिबार, १४ भाद्र २०७६नमीन ढकाल
'आरोप प्रमाणित भए राजीनामा दिन्छु'

तस्विर : विष्णुको फेसबुक

Loading ad...
mustang rice ad

काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्न अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटिले खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्यो ।

लगत्तै राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गर्यो ।  सुरुवातमा विवाद देखिएपछि फुटसल कमिटिले खेलाडी छनोट सकेर मात्र प्रशिक्षक नियुक्त गरेको थियो ।

फुटसल कमिटिका संयोजक तथा केन्द्रिय सदस्य दावा लामाले सुरुवातमै विष्णु गुरुङलाई प्रशिक्षक नियुक्त गर्ने बताएका थिए । तर, अन्य प्रशिक्षकले त्यसमा विरोध जनाए । सुरुमै विवाद सिर्जना हुने देखेपछि खेलाडी छनोट सकेर प्रशिक्षक नियुक्त गर्ने भनियो ।

काठमाडौंको चावहिलस्थित भाटभटेनी फुटसलमा ५ दिनसम्म खेलाडी छनोट चलेको थियो । ११ सदस्यीय प्रशिक्षकको कमिटिले खेलाडीको छनोट गरेको थियो ।

लगत्तै फुटसल कमिटीले ३७ खेलाडी नाम सार्वजनिक गर्दै मुख्य प्रशिक्षकमा विष्णु र सहायक प्रशिक्षकमा गौरव बस्नेतको नाममा निर्णय गर्यो । विष्णुले यसअघि राकेश श्रेष्ठको सहायकको रुपमा फुटसल टिम हेरेका थिए ।

प्रशिक्षक नियुक्तीलाई लिएर भदौ ३ गते अन्य प्रशिक्षकहरुले विरोध स्वरुप प्रेस विज्ञप्ती निकाले । उनीहरुले ३२ खेलाडीको मात्र नाम उपलब्ध गराउँदा बाहिरबाट ५ खेलाडी थपेर नाम सार्वजनिक गरिएको बताए ।

साथै सहमतीमा प्रशिक्षक नियुक्त गर्ने प्रतिबद्वता फुटसल कमिटिले पुरा नगरेको र संकटालाई लिगको उपविजेता बनाउन भूमिका खेलेका विष्णुलाई उपहार स्वरुप प्रशिक्षक बनाईएको आरोप लगाए ।

धेरै सिनियर खेलाडी तथा प्रशिक्षकले फुटसल प्रशिक्षकमा नियुक्त भएको विष्णुको क्षमतालाई लिएर प्रश्न उठाए ।

फुटसलका अधिकांश प्रशिक्षकले लगाएको आरोप कतिको सही छ । मुख्य प्रशिक्षकमा नियुक्त भएका विष्णु यस बिषयमा के भन्छन् ? नेपालले एएफसी फुटसल च्याम्पियनसिप छनोटको तयारी कसरी अघि बढाईरहेको छ ।

यिनै बिषयमा खेलपाटीकर्मी रमेश सुबेदीले राष्ट्रिय फुटसल टिमका मुख्य प्रशिक्षक विष्णुसँग कुराकानी गरेका छन् ।

टिमको तयारी कसरी अगाडी बढिरहेको छ ?

तयारी सुरु भईसकेको छ । आईतबारबाट तयारी सुरु गरेका छौ । फुटसल कोट उपलब्ध नहुदाँ टर्फमै तयारी गरेका छौ ।

टिममा सुरुमै ३७ खेलाडी बोलाईएको छ । छनोट प्रक्रिया कसरी अघि बढ्छ ?

अहिले हामीसँग ३७ खेलाडी छन् । अब २५ खेलाडीमा झार्नेछौ । अन्तिम छनोटमा १४ खेलाडी रहन्छन् ।

पहिलो चरणको छनोट कहिले हुन्छ ?

अर्काे हप्ता गर्ने तयारी छ ।

'ए' डिभिजन लिग खेलिसकेका खेलाडी पनि समावेश छन् ?

हो, अहिले हामीसँग ३–४ जना ए डिभिजन लिग खेलेका खेलाडी छन् ।

हामीसँग खेल्ने टिम निकैनै बलिया छन् । कसरी लिनु भएको छ ?

सबै बलिया टिम छन् । सबै बरीयता प्राप्त टिम हुन् । हाम्रो कुनै वरियता छैन । हामी ‘अन्डर डग’ टिम हौं । अन्तिम समय हामीले जुन नतिजा ल्याएका थियौ । त्यसैले गर्दा यसपटक समेत राम्रो हुन्छ भन्ने लागेको छ ।

Image may contain: 13 people, including Bishnu Gurung and Bikram Maharjan, people smiling, people standing and outdoor

तपाईलाई जिम्मेवारी दिने बित्तिकै धेरै प्रशिक्षकले विरोध गरे । कसरी लिनु भएको छ ?

त्यस्तो विवाद केही छैन । सिनियरहरुले आफ्नो पालो भनेर कुरा राख्नु भएको हो । तर ‘अपडेट’ भएको मान्छेलाई मौका दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

देशबाट कति खेले ? के गरे भन्दा पनि अपडेट भएको मान्छेलाई प्रमाणित गर्ने मौका दिनुपर्छ ।

सुरुमा सिनियरलाई प्रशिक्षक बनाउने भनेर निर्णय भएको थियो । सिनियरलाई पालो दिनुपर्छ भन्ने तपाईलाई किन ठिक लागेन ?
दिनुपर्छ । हामी सबै एकै किसिमका मान्छे हौं । ‘अपडेट’ भएको ब्यक्तीलाई दिएको राम्रो भन्ने हो ।

तपाईमाथि आरोप छ, पुरस्कार वापत एन्फाले प्रशिक्षक बनायो भनेर । केही भन्नु छ ?

हैन । उहाँहरुले बनावटी कुरा गरेको हो । आरोप प्रमाणित भए, प्रशिक्षकको भुमिकाबाट राजिनामा दिन तयार छु ।

तपाई प्रशिक्षक भएपछि अन्य प्रशिक्षक किन विज्ञप्तीनै निकाल्ने अवस्थामा पुगे ?

मसँग कुनै प्रकारको कुरा भएको छैन । उहाँहरु आफैले विज्ञप्ति निकाल्नु भएको हो ।

प्रशिक्षक बन्ने बित्तिकै विवादमा मुछिनु भयो । अबको चुनौती के हो भन्ने लाग्छ ?

चुनौती छ । सकेको राम्रो दिने हो । कति दिनुपर्छ, त्यो म दिन्छु । अहोरात्र खटिने छुु । मेहनत गर्नेछु । उपलब्धी मुलक भएरै फर्कनेछु ।

तपाईलाई अर्काे आरोप पनि छ, खेलाडी छनोट कमिटिले ३२ खेलाडीको नाम दियो । तर बाहिरबाट खेलाडी थपेर ३७ जनाको नाम आयो । आफ्नो मान्छे हाल्नुभएको हो ?

आफ्नो मान्छे हैन । उहाँहरु सबै यू–२३ का हुनुहुन्छ । क्षमता भएका खेलाडी हुन् । त्यसैले हामीले सिधै टिममा राखेका हौं । अन्तिम समयमा नेपालबाट खेलेका खेलाडीनै ल्याएका हौं ।

तपाई त खेलाडी समेत हुनुहुन्छ । सिधै राष्ट्रिय टिमको प्रशिक्षक बन्नुभयो । अब प्रशिक्षणमै रमाउने कि खेलाडीको रुपमा फर्कने ?

म प्रशिक्षकको भुुमिकामा रहन्छु । अन्य कोर्ष गर्नु पर्नेछ । त्यसका लागि तयारी गरिरहेको छु । सम्भवतः अब फुटसल प्रशिक्षकनै रहन्छु ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी